संसद विघटनको निर्णय विरुद्ध सर्वोच्चमा पुगे ३ वटा रिट

  हल्कारान्यूज  193 पटक हेरिएको

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध छुट्टाछुट्टै रिट लिएर ३ जना कानून व्यवसायी सर्वोच्च अदालत पुगेका छन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्र बहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन्।

सर्वोच्च अदालत स्रोतका अनुसार उनीहरुको रिट आइतबार भने दर्ता भएको छैन।

रिट लिएर सर्वोच्च पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार