
काठमाडौं । सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश जारी गरेको छ। प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो।
गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए।
अदालतले २८ घण्टाभित्र निवेदक शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि परमादेश पनि जारी गरेको छ।