प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख गरिएपछि शपथमा ढिलाइ

  हल्कारान्यूज  292 पटक हेरिएको

काठमाडौं । नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा नसच्चिएसम्म शपथ नलिने बताएका छन्। देउवाले नियुक्तिमा संविधानको धारा उल्लेख गर्नुपर्ने बताएपछि शपथ ग्रहण कार्यक्रम ढिला भएको छ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको भनी उल्लेख गर्नुपर्ने अडान लिएका छन्।

देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्। शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन्। स्रोतका अनुसार अहिले देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अलग्गै छलफलमा छन्।

केहीबेरअघि शीतल निवास पुगेका देउवा प्रचण्ड र नेपालबीच शीतल निवासमै रहेको एक कोठामा छलफल भइरहेको स्रोतले जनाएको छ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन्। उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन्। देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए।

तस्बिर सौजन्य : रोशन सापकोटा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार