नियुक्ति सच्चिएपछि देउवाले लिए शपथ

  हल्कारान्यूज  233 पटक हेरिएको

काठमाडौं । नियुक्ति सच्चिएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।

साँझ ६ बजे नै शपथ गराउने तय भए पनि नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ लिन अस्वीकार गरेका थिए। सोही कारण सवा दुई घण्टापछि शपथ भएको थियो।

छलफलपछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार