देउवाले गठन गरे सानो आकारको मन्त्रिपरिषद्, ४ मन्त्रीले लिए शपथ

  हल्कारान्यूज  190 पटक हेरिएको

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेसका २ जना र नेकपा (माओवादी केन्द्र) का २ जना गरी ४ जना मन्त्री नियुक्त गरेका हुन्।

जसअनुसार कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन्। त्यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा ‘प्रभाकर’ अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री नियुक्त भएका छन्।

नवनियुक्त चारै जना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार