हिउँ प¥यो फुरुरुरु… चन्द्रागिरिमा यस्तो छ रमाइलो (फोटो फिचर)

  प्रदीपराज वन्त  117 पटक हेरिएको

काठमाडौं । बिहीबार रातीदेखि नै परेको हिमपातले देशभरको जनजीवन अस्तव्यस्त बनाइरहँदा काठमाडौं उपत्यकाका चारैतिरका डाँडाकाँडा भने सेताम्य बनेका छन्।

हिउँ फुलेर सेताम्यै उपत्यका वरपरका डाँडाकाँडाहरु सबैभन्दा आकर्षक बनेको छ– चन्द्रागिरि ! केवलकार चढेर सजिलै टुप्पोमा पुग्न सकिने, हिउँसँग खेल्न पनि सजिलो र बस्नलाई रेष्टुरेन्टदेखि होटलसम्म।

हिमपातले अधिकांश ठाउँमा हवाई सेवासमेत अवरुद्ध बनेको छ भने सडक नै हिउँले पुरिएर उच्च पहाडी जिल्ला र हिमाली जिल्लाको सवारी आवागमनसमेत अवरुद्ध बनेको छ। हिउँले कतै हैरानी खेप्नु परेको छ भने कतै भने आन्तरिक पर्यटनलाई प्रवद्र्धन नै गरिदिएको छ। सधैं हिउँ नदेख्ने सर्वसाधारण हिउँ कता परेको छ भन्दै बिहानदेखि नै नजिकका डाँडाकाँडातिर रमाउन दौडिएका छन्।
यही सिलसिलामा काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ खेल्न जानेहरुको भीड नै लागेको छ।

शुक्रबार बिहानै चन्द्रागिरि पुगेका राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तले सेताम्य हिउँ र हिउँ खेल्न निस्किएका सर्वसाधारणको मस्ती क्यामेरामा कैद गरेका छन्। हेर्नुहोस् केही फोटोहरु–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार