भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रमनजिकै बम विष्फोट, झोलामै बम पड्किएपछि बोक्ने व्यक्ति नै घाइते

  हल्कारान्यूज  102 पटक हेरिएको

भोजपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको छ।

भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं. २ तिवारी भन्ज्याङ भन्ने स्थानमा हुने कार्यक्रम स्थलभन्दा ५० मिटर टाढा बम विष्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो २ः१० बजेको समयमा सपिङ ब्यागमा मोबाइलजस्तो देखिने शंकास्पद वस्तु विष्फोट भएको थियो।

विष्फोटबाट उक्त झोला बोकेका अरुण गाउँपालिका वडा नं. ४ चरम्बी बस्ने अन्दाजी ३५ वर्षका सुमन श्रेष्ठलाई खुट्टामा सामान्य चोट लागेको र उनलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। दायाँ खुट्टामा सामान्य चोट लागेका श्रेष्ठलाई नजिकैको मेडिकलमा उपचार गरी थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रण लिएको हो।

बुधबार अध्यक्ष प्रचण्ड प्रदेश नं. १ का मोरङ, ताप्लेजुङ लगायतका कार्यक्रमपछि भोजपुरको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार