रुकुमपूर्व प्रदेश सभा : कमाण्डरलाई हराएर जित निकालेका अजयशक्ति

  हल्कारान्यूज  904 पटक हेरिएको

रुकुम पूर्व । रुकुम पूर्व प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन (अजयशक्ति) निर्वाचित भएका छन्।

मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन विजयी भएका हुन्।

विजयी पुनले जम्मा ४ हजार ४ सय ६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर ओलीले ३ हजार ९ सय ३२ मत ल्याएका छन्।

यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका ओली माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत हुन्। उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए।

त्यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका दिए।

जनमुक्ति सेनामा लामो समय काम गरेका पुन कुनै बेला ओलीका सदस्य थिए। ओली जनसेनाको डिभिजन कमाण्डर हुँदा पुन ब्रिगेड कमाण्डर थिए। अहिले आफ्नै कमाण्डर विरुद्ध बागी उठेर पुनले ओलीलाई हराइदिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार