यी हुन् प्रदेश सभामा विजयी हुने माओवादी केन्द्रका १४ उम्मेदवार

  हल्कारान्यूज  1079 पटक हेरिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार दिउँसो ४ बजेसम्मको मतगणनाको परिणाम अनुसार प्रदेश सभाका १४ स्थानमा जीत हात पारेको छ।

अहिलेसम्म प्रतिनिधि सभाका ३ क्षेत्रमा मात्रै जित हासिल गरेको माओवादीले प्रदेश सभामा भने १४ स्थान जितिसकेको छ। प्रदेश सभामा १ सय ११ उम्मेदवार उठाएको माओवादी केन्द्रले केही प्रदेश सभामा अझैं अग्रता लिइरहेको छ।

प्रतिनिधि सभामा भने अहिलेसम्म सिन्धुली २ बाट लेखनाथ दाहाल (राजन), रुकुमपूर्वबाट पूर्णबहादुर घर्ती र बाग्लुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित भइसकेका छन्। प्रतिनिधि सभातर्फ अझैं १५ स्थानमा माओवादीले अग्रता लिइरहेको छ।

यी हुन् माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी उम्मेदवारहरु

– बाबुराम गौतम, ओखलढुंगा प्रदेश सभा १
– रेशम जुग्जाली मगर, म्याग्दी प्रदेश सभा २
– गंगानारायण श्रेष्ठ, सिन्धुली २ (१)
– कृष्ण धिताल, गोरखा १ (१)
– फणिन्द्र देवकोटा, गोरखा २ (१)
– जोख बहादुर महरा, रोल्पा १ (१)
– मानबहादुर धामी, दार्चुला प्रदेश सभा २
– रहबर अन्सारी, पर्सा १ (१)
– इन्द्र गौतम, रसुवा प्रदेश सभा २
– युवराज भट्टराई, रौतहट ४ (१)
– नारायणबहादुर मगर, उदयपुर २ (१)
– युवराज दुलाल, सिन्धुपाल्चोक २ (१)
– शिवसिंह ओली, डोटी १ (२)
– ओमविक्रम भाट, कञ्चनपुर २ (१)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार