दाङ २ मा कडा प्रतिस्पर्धा, माओवादी नेता रेखालाई पछ्याउँदै एमाले महासचिव पोख्रेल

  हल्कारान्यूज  1107 पटक हेरिएको

दाङ । दाङ क्षेत्र नं. २ को मतगणना सकिन लाग्दा प्रतिस्पर्धा निकै कडा बन्दै गएको छ।

शुरुवाती चरणमा फराकिलो अन्तरमा पछि रहेका एमाले महासचिव शंकर पोख्रेलले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई निकै कम मत अन्तरले पछ्याइरहेका छन्।

बिहीबार बिहान ६ बजेसम्मको मत गणना अनुसार रेखाा शर्माले ३१७ मतले अग्रता लिइरहेकी छिन्।

७०१०९ मत गणना गर्दा रेखा शर्माले २००७२ मत प्राप्त गरेकी छिन् भने शंकर पोख्रेलले २३७५५ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका रास्वपाका विशाल अधिकारीले १४७११ मत लिएका छन्।

दाङ २ मा जम्मा खसेको मत ७९४४६ मा अहिलेसम्म ७०१०९ मत गणना भइसकेको र ९३३७ मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार