दाङ २ प्रदेश सभा २ मा कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ विजयी

  हल्कारान्यूज  66 पटक हेरिएको

दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन्।

आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन्। न्यौपानेले १७ हजार ८२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम घोषणा गर्न बाँकी छ।

यसअघि बुधबार सार्वजनिक भएको परिणाममा राजु खनालले एमाले उम्मेदवार बलिभद्र रानालाई हराएका थिए। खनालले १५ हजार ६१६ र रानाले १४ हजार ४४९ मत पाएका छन्।

यस्तै प्रतिनिधि सभातर्फ जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमाले उम्मेदवार शंकर पोखरेललाई पछि पार्दै आएकी छन्। शंकर पोख्रेल केही सय मत अन्तरले मात्र पछि छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार