डडेल्धुराबाट माओवादी केन्द्रका खगराज भट्ट प्रदेश सभामा विजयी

  हल्कारान्यूज  155 पटक हेरिएको

धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (१) बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन्।

भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन्।

भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए।

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन्।

२०६४ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै आएका भट्ट यो पटक पनि प्रतिनिधि सभा सदस्यमा आकांक्षी थिए। तर गठबन्धनमा भागबण्डाका क्रममा मुख्यमन्त्री बनाउने शर्तमा उनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार