भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी

  हल्कारान्यूज  61 पटक हेरिएको

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन्।

सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन्।

निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए।

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार