प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्।

पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्। प्रतिनिधि सभामा प्यूठानमा ८८ हजार ४७ मत खसेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार