कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ विजयी

  हल्कारान्यूज  75 पटक हेरिएको

धनगढी । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गर्दै श्रेष्ठले जित हासिल गरेकी हुन्।

श्रेष्ठले ३० हजार ४०४ मत ल्याउँदा रामजनम चौधरीले १८ हजार ८१ मत मात्रै ल्याएका छन्।

यो क्षेत्रबाट २०७४ सालको चुनावमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले जितेका थिए। उनी टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका छन्।

रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भएकी छन्। उनी यसपटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।

सुदूरपश्चिमको कञ्चनपुर १ मा बीना मगर, ३ मा निरुदेवी पाल र डोटीमा गौरीकुमारी ओली गरेर ४ महिला मात्रै प्रतिनिधि सभामा उम्मेदवार थिए।

जारी अन्तिम मतगणनामा माओवादी केन्द्रकी बीना मगर निकै पछाडि छन्। एमालेकी निरुदेवी पाल र डोटीकी गौरीकुमारी ओली पराजित भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार