काठमाडौंमा खुल्ने भयो रात्रीकालीन बजार, दोहोरी र नाइट क्लबलाई हुने भयो सहज

  हल्कारान्यूज  132 पटक हेरिएको

काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राती २ बजेसम्म सञ्चालन हुन पाउने भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ।

जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन्। त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ।

प्रहरीको निगरानीमा रात्रिकालीन व्यवसाय

एउटा नाइट क्लबमा २० देखि ४० जनासम्म बाउन्सर राखिएको हुन्छ। औसत रुपमा १० देखि २० लाख रुपैयाँ बाउन्सरको लागि खर्च हुने क्लबका सञ्चालकहरु बताउँछन्। त्यसो त नाइट क्लब नहुने रेस्टुरेन्ट तथा बारहरूमा पनि सुरक्षा गार्ड भने राखिएको हुन्छ। तर त्यस्तामा बाउन्सर भने हुँदैन।

रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेष्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ लगायतका सेवामूलक व्यवसाय पर्छन्। यस्ता व्यवसाय रातभर सञ्चालनमा आउँदा प्रहरीलाई थप सुरक्षा चुनौती थपिएको छ। रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा त्यहाँ हुने झैंझगडादेखि अन्य अपराधका गतिविधिले प्रहरीलाई चुनौती थप्ने निश्चित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार