राइकोट जिप दुर्घटनामा परी ४ मृत्यु, १० घाइते

  हल्कारान्यूज  84 पटक हेरिएको

नवलपरासी । पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ। १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्यु हुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो। उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा थिए।

दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा ग ०४००१ च ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार