दोलखा अपडेट : दोब्बर मतले अघि रहेका कार्कीलाई पछ्याउँदै शिवाकोटी

  हल्कारान्यूज  1306 पटक हेरिएको

दोलखा । हिजोदेखि शुरु भएको दोलखाको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले दोब्बर बढी मतान्तरसहित अग्रता कायम राखेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म त्यहाँ ५ हजार ९ सय ७० मत गणना भएको छ। जसमध्ये माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन्। उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १८ सय मत प्राप्त गरेका हुन्।

उनीहरुबीचको १८ सय १८ मतको अन्तर रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय ३५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

दोलखामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार