चिनियाँहरुको फाइट इन्द्रचोकमा, एकको गयो ज्यान, एक प्रहरी नियन्त्रणमा

  हल्कारान्यूज  550 पटक हेरिएको

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरु बीच आपसमा भएको फाइटमा एक जनाको ज्यानै गएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरु बीच झडप भएको थियो। त्यस क्रममा ३७ वर्षका फेङ जेङ युङले दुई जनालाई चक्कु हानेका थिए। चक्कु प्रहारबाट ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भएका थिए।

लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती, टाउकोको दाया भागमा चोट लागेको थियो। गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ भने लीको उपचार भइरहेको छ।

चक्कु हान्ने फेङ आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। उनीहरुको के कति कारणले फाइट भएको भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार