संघीय संसदका महासचिव गौतमविरुद्ध सर्वोच्चमा रिट

  हल्कारान्यूज  261 पटक हेरिएको

काठमाडौं । महाअभियोग सामना गरिरहेका चोलेन्द्र शमशेर जबरालाई `महाअभियोग प्रस्ताव निस्प्रभावी भएको´ उल्लेख गर्दै सर्वोच्च अदालतमा पत्र पठाएपछि संघीय संसदका महासचिव डा. भरतराज गौतमविरुद्ध रिट परेको छ।

सर्वोच्च अदालत बार एसोशिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित ९ जना कानुन व्यवसायीहरुले महासचिव गौतमविरुद्ध बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

महासचिवले निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी हुने गरी सम्प्रेषण गरेको पत्र क्षेत्राधिकारबाहिर रहेको, सार्वभौम संसदको क्षेत्राधिकारमा अनुचित संकुचन ल्याउने खालको भएको निवेदकको दाबी छ।

यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई निस्तेज गर्ने र नेपालको संविधानको प्रस्तावना धारा १ (१), धारा २, धारा १०१ (२) धारा १२६, धारा १२८, १३७ को बर्खिलापमा रहेकाले पत्रलाई नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

निलम्बित प्रधानन्यायाधीशले नियमित काममा फर्किएको अवस्थामा प्रतिनिधि सभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप हुने र यो गैरकानुनी रहेकाले पत्र कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ।

नयाँ प्रतिनिधि सभाले कुनै निस्कर्षमा नपुग्दै निलम्बित प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा हाजिर नगर्नू, गर्न नदिनू भनि अन्तरिम आदेश माग गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार