लुम्बिनीको राजधानीबारे प्रदेश सभाको निर्णय कार्यान्वयन ग-र्यौं- मुख्यमन्त्री केसी

  मानसिंह विक  93 पटक हेरिएको

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी `सोनाम´ले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्न अनुरोध गरेका छन्।

प्रदेशको राजधानीबारे लुम्बिनी प्रदेश सभाले पारित गरेको स्मरण गराउँदै कुरा बताउँदै मुख्यमन्त्री केसीले भने, `२०७७ असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो। त्यसलाई कार्यन्वयन मात्रै गरेको हो, सरकारले अहिले त्यसको निर्णय अक्षरस: पालना मात्रै गरेको हो। विवाद नगरी सिंगो प्रदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो।´

उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेवार भएर कार्यान्वयन गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला लाग्न अनुरोध गरे।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै केसीले केन्द्रीय सरकारको भन्दा राम्रो काम गरिने बताए।

प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मतदान गरेका थिए।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए। कांग्रेसको ह्वीपविरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए।

प्रदेश राजधानी सारेको नभई प्रदेश सभाको निर्णय कार्यान्वयन गरिएको मुख्यमन्त्री केसीको भनाई छ।

केसीले भने, `जुन सरकार भए पनि आफूले गरेको निर्णय कार्यान्वयन गर्नु र त्यसलाई लागू गर्नु यो सरकारको कर्तव्य हो। प्रदेशबासीको भावनामा विभाजन ल्याउने खेल कसैले गर्नुहुँदैन।´

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार