अमेरिका पुगेर मदन र हरिवंशले हँसाए, ढकालले रूवाए

नेपालको स्कुललाई सहयोग गर्न अमेरिकामा साँस्कृतिक साँझ

  हल्कारान्यूज  93 पटक हेरिएको

अमेरिकाको टेक्सस राज्यको ड्यालासमा समता विद्यालयको सहयोगार्थ आयोजित बृहत् सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

नेपालका गरिब तथा जेहेन्दार बालबालिकालाई अध्ययनका लागि समता विद्यालयको सहयोगका लागि ‘नेपाली समाज टेक्सस’को पहलमा कार्यक्रम आयोजना गरिएको थियो।

उक्त समारोहमा मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा ४२ जना समता ग्लोबल सिनेट भएको घोषणा गरिएको थियो। ग्लोबल सिनेट बन्नेहरूलाई महजोडी तथा समता विद्यालयका सञ्चालक तथा संस्थापक उत्तम सञ्जेलले संयुक्त रूपमा प्रमाणपत्र, खादा र बिल्ला समता प्रदान गरेका थिए।

कार्यक्रममा महजोडी, रामकृष्ण ढकालसहित स्थानीय कलाकारले समेत प्रस्तुति दिएका कार्यक्रम संयोजक तथा नेपाली समाज टेक्ससका उपाध्यक्ष किरण पौड्यालले जानकारी दिए। कार्यक्रममा मह जोडीले दर्शकहरू हँसाएका थिए भने चर्चित गायक रामकृष्ण ढकालका कर्णप्रिय गीत र सुमधुर स्वरले अमेरिका पुगेका नेपालीहरू भावुक भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार