भुलेर पनि नखानुस् खाली पेट यी चीज

  एजेन्सी  453 पटक हेरिएको

खानेकुरा त हो भनेर जुनसुकै चीज जतिबेला पनि खाँदा त्यसले स्वास्थ्यमा निकै खराब अवस्था पनि निम्त्याउन सक्छ। त्यसैले हरेक खानेकुरा कुन चीज कतिबेला खाने? कुन चीज खाली पेट नखाने? जस्ता कुरा जानी राख्नुपर्दछ।

हामी कहिलेकाँही मिडियामार्फत् सुन्ने, पढ्ने गर्दछौं, ‘लिची खाएर बालबच्चाको मृत्यु’। आखिर लिची त सामान्य खानेकुरा हो। एकप्रकारको पौष्टिक तत्व भएको फल न हो। लिची त्यस्तो विषालु खानेकुरा पनि होइन। आखिर किन हुन्छ? यहाँनेर थाहा पाउनुपर्ने कुरा के हो भने लिची खाली पेटमा खाँदा शरीरभित्र हुने रासायनिक प्रतिक्रियाको कारण यो घातक बन्ने गर्छ।

यसको अर्थ के भने कुनै पनि खानेकुरा सही ढंगले सेवन गर्नुपर्छ। जस्तो दूध–दही अति स्वस्थ्यकर मनिन्छ। तर, दूध र दही कुन बेला खाने र कुन बेला नखाने भन्ने कुरा पनि छ। हरेक खानेकुरालाई सही ढंगले, सही समयमा, सही मात्रामा सेवन गर्दा मात्र त्यसबाट लाभान्वित हुने हो। नभए त खानेकुरा नै विष समान हुन पुग्छ।

अतः यहाँ त्यस्तै खानेकुराको चर्चा गरिएको छ, जो खाली पेट खानु हानिकारक हुनसक्छ।

गोलभेँडा : गोलभेँडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि। यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ। सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ। तर, गुणकारी गोलभेँडा खाली पेटमा भने सेवन गर्नुहुँदैन। यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ। यसले पेटमा अघुलनशील जेल निर्माण गर्छ। यो जेल पेटमा स्टोन बन्ने कारण बन्नसक्छ।

दही : दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ। यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ। तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ।

केरा : केरा खानु राम्रो हो। तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ। यसले शरीरमा म्यागनेसियम बढ्छ। जसले गर्दा क्याल्सियम र म्याग्नेसियमको सन्तुलन बिग्रिन्छ।

औषधि : धेरैजसो औषधि खाली पेटमा सेवन गर्दा प्रभावहीन मात्र हुने होइन, हानिकारक पनि हुनसक्छ। खाना खाइसकेपछि मात्र खाने औषधि आफुखुसी खाली पेटमा सेवन गर्नुहुँदैन।

मदिरा : त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ। तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ। खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौं रोगको जन्म दिन्छ।

मसलेदार : कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन। त्यस्ता खानेकुराले पाचनयन्त्रमा गम्भीर असर पुर्‍याउन सक्छ।

कफी : गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ। अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिँदैन। यद्यपि खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ।

सोडा : सोडा खाली पेटमा सेवन गर्नुहुँदैन। किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ। यदि तपाईंले यसलाई खाली पेटमा पिउनुभयो भने नराम्रो असर गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार