श्वास गन्हाउने समस्याबाट कसरी पाउने छुटकारा?

  हल्कारान्यूज  548 पटक हेरिएको

हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो श्वास (मुख) गन्हाउँछ भने सबै जना हामीसँग तर्किन्छन्। सास गन्हाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन। यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ।

तपाईं विवाहित हुनुहुन्छ र श्वास अत्यधिक गन्हाउने समस्या छ भने पत्नीसँगको सम्बन्धमा पनि खटपट आउन सक्छ।

सास गन्हाउनुका पछाडि अनेकौं कारण हुन सक्छन्। खानपिन नमिलेर पनि यसो हुन सक्छ। समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गन्हाउँछ। तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन्।

१. ग्रीन टी : ग्रीन टी पिउने गर्नुभयो भने सास गन्हाउन छोड्छ। यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ।

२. बेस्सरी पानी पिउनुस् : पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ।

३. ल्वाङ र सूप : ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन। सूप चपाउनु भयो भने पनि मुखको दुर्गन्ध हराउँछ।

४. कागतीको रस : एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस्। अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस्। केही दिनमै मुखको दुर्गन्ध हराउँछ।

५. हरियो अलैंची : अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ।

६‍. कम्तिमा २ पटक नियमित दाँत माझ्ने : दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ। त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख श्वास गनाउने समस्या कम हुँदै जान्छ।

७. ताजा फलफूल तथा साजसब्जी खाने : ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि श्वास गन्हाउने समस्यामा कमी हुन्छ।

८. पिरो खानेकुरा नखाने : सबैलाई थाहा भएकै कुरा हो कि, प्याज खाएपछि कत्तिको श्वास गन्हाउँछ भनेर। हुन त प्याज खानु स्वास्‍‍‍थ्यका लागि राम्रै कुरा हो, तर नराम्रो श्वासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ।

९. गुलियो खानेकुरा कम खाने : धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केही कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्राेत बन्न जान्छ। त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ । ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा श्वास गनाउनेजस्ता विभिन्न समस्याहरू देखा पर्दछन्।

१०. जिब्रो सफा गर्ने : बिहान उठ्दा श्वास गन्हाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा श्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्। त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस्।

११. नुन पानीले मुख कुल्ला गर्ने : मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ। त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। यसो गर्दा पनि केही राहत मिल्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार