हलिउड फिल्म `अवतार : द वे अफ वाटर´ को रिलिज

  हल्कारान्यूज  36 पटक हेरिएको

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ। नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ। शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन्।

‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो। अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन्।  फिल्मले नेपालमा एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण गरिएको छ।

विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि विश्वव्यापी प्रदर्शनमा आएको हो। जेम्स क्यामरुन निर्देशित फिल्ममा साम वर्थिङ्टन, जोय साल्दाना लगायतको प्रमुख भूमिका रहेको छ। ३ घण्टा १० मिनेट लामो फिल्मले पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिस र त्यहाँका आदिवासीबीच हुने लडाइँको काल्पनिक कथा प्रस्तुत गर्छ।

ठूला मल्टिप्लेक्समा नेपाली फिल्म महापुरुष, बलिउड फिल्महरु भेडिया, दृश्यम २ र उचाइ पनि प्रदर्शनरत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार