कसले जित्ला ‘भ्वाइस अफ नेपाल’को उपाधि? फाइनलमा पुगे सविना र शैल

  हल्कारान्यूज  721 पटक हेरिएको

काठमाडौं । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन्।

हिजो (शुक्रबार) प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे।

टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे। अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई र टीम प्रविशाका प्रिजोल नेपाली बाहिरिए।

दर्शकको भोटमा आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिए। शनिबारको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन्।

टीम प्रमोद खरेलबाट आशिष महर र योगेश मगरमध्ये एकजना तथा टीम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन्।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार