ताङ सूडो खेल्न नेपाली खेलाडी भारत जाँदै

  हल्कारान्यूज  140 पटक हेरिएको

काठमाडौं । इन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

यही पुस २० गते देखि हुने प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडी भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रतियोगिताका लागि तेजबहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुुनेछन्। प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए।

भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए।

जीआर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार