बिएमडब्लुको उपाधि रोयल राइनोजलाई

  प्रभा श्रेष्ठ  476 पटक हेरिएको

मेलबर्न । रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनामा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ।

फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै उक्त उपाधि हात पारेको हो।

खेल शुरु भएको पाँचौं आइतवार सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको सगरमाथा क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रन बनाएको थियो । सगरमाथा क्रिकेट क्लबको लागि आशिष जिसीले ५४, अबिनाश पौडेलले २६ तथा कुशल तुलाधरले १७ रनको योगदान दिए।

रोयल राइनोजको लागि निरज श्रेष्ठले ३ तथा निरन्जन कार्की, पुकार भण्डारी तथा भिष्मले समान १-१ बिकेट लिए।

१३९ रनको बिजय लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रनमा पुग्दा खेल टाइ हुन पुगेको थियो। रोयल रानोजका लागि मोहन पुनले ५८, मोहन टण्डनले २४ तथा निरज श्रेष्ठले ११ रनको योगदान दिए।

सगरमाथा क्रिकेट क्लबको लागि कुसल तुलाधरले ३ तथा समिप थापा, निकेश खनाल, साजेन्द्र श्रेष्ठले समान १र१ बिकेट लिए।

फाइनल खेल टाइ भएपछि सुपर ओभरमा खेलाइएको खेलमा रोयल राइनोज क्रिकेट क्लब बिजयी हुन पुगेको हो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको रोयल राइनोज १३ रन बनाउन सफल भयो । राइनोजका लागि निरज श्रेष्ठले ३ चौकाको मद्धतले १२ रनको योगदान दिए। सुपरोभरमा १३ रन पछ्याएको सगरमाथाले मात्रै ११ रन बनाउँदा कुशल तुलाधरले ७, आशिष जिसीले ३ बनाउँदा रोयल राइनोजका निरज श्रेष्ठले मात्रै ११ रन खर्चेर रोयल राइनोज बिएमडब्ल्यु क्रिकेट क्लबको उपाधी जित्दा सगरमाथा क्लब उपबिजेतामा सीमित हुन पुग्यो।

रोयल राइनोजलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोहन पुन फाइनल खेलका प्लेयर अफ द म्याच चुनिए साथै पुनले बेस्ट ब्याट्सम्यान र फिल्डरको अवार्डसमेत जिते ।

त्यस्तै रोयल राइनोजका अभिनाश पौडेलले बेस्ट बलर र प्लेयर अफ द टुनामेन्टको अवार्ड हात पार्दा सगरमाथाका सुशन गुरुङले बेस्ट किपरको अवार्ड थापेका थिए । उपाधि बिजेता रोयल राइनोज र उप बिजेता सगरमाथाले अर्को साताबाट अस्ट्रेलियामै आयोजना हुनु म्याप क्रिकेट प्रतियोगितामा समेत छनोट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार