पोथी झिङ्गाले अरुसँग यौन सम्बन्ध नराखोस् भनेर भाले झिङ्गाले गर्छ यस्तो काम

  एजेन्सी  1016 पटक हेरिएको

फलफूलमा बस्ने झिङ्गा (फ्रुट फ्लाइज) बारे एउटा अचम्मको जानकारी प्राप्त भएको छ। यो झिङ्गाले जब सम्बन्ध बनाउँछ, तब भाले झिङ्गाले यसको शरीरमा एउटा यस्तो रसायन छोड्छ जसका कारण पोथी झिङ्गालाई निद्रा लाग्छ। र यसै कारणले उसले अरु भाले झिङ्गासँग सम्बन्ध स्थापित गर्न सक्दैन। अनुसन्धानकर्ताका अनुसार यो भाले झिङ्गाको रणनीति हो।

अर्जेन्टिनाको नेशनल साइन्टिफिक एन्ड टेक्निकल रिसर्च काउन्सिलकी लोरेना फ्रेन्कोका अनुसार भालेको यौन अंगबाट वीर्यमार्फत् यो सेक्स पेप्टाइड, पोथी झिङ्गाको शरीरमा जाने गर्छ। तर एक नयाँ अनुसन्धानले के पत्ता लागेको छ भने यसले पोथी झिङ्गाको बायोलोजिकल क्लब मेकानिजमलाई पनि प्रभावित गर्छ।

साधारणतया यी झिङ्गा सूर्य उदाउनु अघि नै जागा हुने गर्छन्। यति नै समयमा यी झिङ्गा यौन सम्बन्ध स्थापित गर्छन्। तर पेप्टाइडका कारण झिङ्गालाई बिहान भइसकेको थाहा हुँदैन र यिनीहरु सुतेको सुत्यै हुन्छन्। जब कि यो समयमा भाले बढी सक्रिय हुन्छन्।

पहिला गरिएको शोधमा बताइए अनुसार यी झिङ्गा (ड्रोसोफिला मिलानोगास्टर) साधारणतया सूर्य उदाउनुभन्दा एक वा दुई घण्टा अघि नै उठ्ने गर्छ। तर फ्रेन्को र उनका सहयोगी आफ्नो शोधमा उनीहरु भाले झिङ्गामा बढी केन्द्रीत भएको स्वीकार गर्छन्।

सामान्य शोधमा पोथी झिङ्गालाई नजरअन्दाज गरिन्छ त्यसैले यो टोलीले चार दिनका लागि आफ्नो लाइट कन्ट्रोल ल्याबमा, पोथी झिङ्गामाथि वेबक्याममार्फत् निगरानी राखे। यो प्रयोगशालामा भर्जिन र हालै सम्बन्ध स्थापित गरेका पोथी झिङ्गामाथि निगरानी गरियो। उनीहरुले तुलना गर्नका लागि भाले झिङ्गाको एउटा समूहको अनुसन्धान गरे।

अनुसन्धानकर्ताले पाए कि जुन झिङ्गा बिहान उठे ती भर्जिन झिङ्गा थिए जब कि सम्बन्ध बनाउने पोथी त्यतिबेलासम्म सुतिरहे घाम उदाउन्जेलसम्म सुतिरहे। अनुसन्धानकर्तालाई शंका लागेको थियो कि यसको कारण सेक्स पेप्टाइड हुन सक्छ, त्यसैले उनीहरुले पोथी झिङ्गाको प्रजनन क्षेत्रमा सेक्स पेप्टाइड रिसेप्टर्सबाट केही न्युरोन्स समूहलाई हटाइदिए। यस्तो गर्दा ती पोथी झिङ्गा सूर्योदय अघि नै उठ्न सफल भए।

अनुसन्धानकर्ताका अनुसार पोथी झिङ्गा थुप्रै भालेसँग यौनसम्बन्ध स्थापित गर्न सक्छ र उनीहरुको वीर्य आफ्नो शरीरभित्र जम्मा गर्न सक्छ। भाले झिङ्गाका लागि व्यवहार परिवर्तन गर्न सक्ने केमिकलको उत्पादन गर्नु, आफ्नो शुक्रकीट सफल बनाउने सम्भावनालाई राम्रो बनाउने एक तरिका हो। यो भाले झिङ्गाका लागि एक रणनीति हो ता कि पोथीभित्र अरु कसैको शुक्रकिटलाई आफ्नो शुक्रकिटसँग प्रतिस्पर्धा गर्नबाट रोक्न सकियोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार