अमेरिकाबाट निकालिए २८ नेपाली!

  हल्कारान्यूज  185 पटक हेरिएको

वासिङ्टन । अवैध रूपमा अमेरिका पुगेका २८ जना नेपालीहरूलाई विमान चार्टर्ड गरी देशनिकाला गरेर नेपाल पठाइएको खुलासा भएको छ।

अप्रिलको पहिलो साता अमेरिकाबाट एकैपटक ७ जना नेपालीलाई देशनिकाला गरेर चार्टर्ड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका आएको आधारमा देशनिकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर विना भिसा अमेरिकी सिमा क्षेत्रमा पुगेका थिए।

अमेरिकाबाट २०२२ मा नेपालीहरु देश निकाला भएको यो मात्र पहिलो घटना होइन। आर्थिक बर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाइएको छ। जुन २०२१ को तुलनामा बढी हो।

यो संख्यामा अमेरिकी अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरुको संख्या समावेश छैन। यो आइसको हिरासतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देशनिकाला हुनेहरुको विवरण हो।

२०२१ मा २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाइएको थियो। २०२० मा ९७ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाइएको थियो।

उनीहरुमध्ये प्राय: मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमा क्षेत्रमा समातिएकाहरु हुन्। आइसले पक्राउपछि केही समय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो।

आर्थिक बर्ष २०१९ मा आइसले अमेरिकाबाट १६२ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाएको थियो। त्यस्तै आर्थिक बर्ष २०१८ मा ४५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो। आर्थिक बर्ष २०१७ मा पनि यो संख्या ४५ नै थियो। आर्थिक बर्ष २०१६ मा भने २५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो।

आर्थिक बर्ष २०१५ मा २३ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो। त्योभन्दा अगाडि २०१४ मा ४४ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो।

अमेरिकामा आइसद्वारा गिरफ्तारी र देशनिकाला सन् २०२१ मा रेकर्ड न्यून स्तरमा झरेको थियो। तर आर्थिक वर्ष २०२२ मा भने बढेको सरकारी रिपोर्टले देखाएको छ। अमेरिकाबाट आर्थिक बर्ष २०२२ मा आइसले कुल ७२ हजार १ सय ७७ जनालाई देशनिकाला गरेको छ।

– खसोखासबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार