महिलाको शरिरमा पिसाब फेर्ने यात्रुलाई कारबाही नगरेको भन्दै एयरलाइन्सलाई ४० लाख जरिवाना

  एजेन्सी  58 पटक हेरिएको

नयाँ दिल्ली । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एक जना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब ४० लाख रुपैयाँ जरिवाना गराएको छ।

गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ।

त्यसैगरी उक्त विमानका एक जना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ। मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार