बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब ६६ करोड!

  एजेन्सी  238 पटक हेरिएको

एउटा वयस्क मानिसलाई दैनिक औसत सात घण्टाको निन्द्रा आवश्यक पर्छ।

निदाएन भने रक्सी पिएको मानिस जस्तो थकित हुन्छ, आलस्यले भरिएको हुन्छ । ​निन्द्रा नपुगेकै कारण जर्मनीमा एउटा ठूलो घटना घटेको थियो ।

भएको के थियो भने जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन्। त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट ३० अर्ब ६६ करोड (२२ करोड बढी युरो) ट्रान्सफर भयो।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२.४० युरो (करिब आठ हजार ६३८ रुपैयाँ) ट्रान्सफर गर्नुपर्ने थियो। तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले अङ्क २ यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनु पर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयो। जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगायो। पैसा ट्रान्सफर गर्ने कर्मचारी बर्खास्तमा परे। उक्त मुद्दा अदालतमा पुगेपछि अदालतले कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिएको थियो।

यो एक प्रतिनिधिमूलक घटना हो। केही अनुसन्धानलाई आधार मान्ने हो भने अहिले विभिन्न बहानामा निन्द्रा नपुर्‍याउने प्रवृत्ति बढिरहेको छ, जसकारण मानिसहरुले ध्यानपूर्वक आफ्नो नियमित काम गर्न सकिरहेका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार