नेपाललाई यूएईको २ सय ८ रनको लक्ष्य

  हल्कारान्यूज  139 पटक हेरिएको

काठमाडौँ । यूएईले क्रिकेट विश्वकप लिग २ को खेल जित्न नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले बिहीबार निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७ रन बनायो।

करण केसीले पहिलो ओभरमा मोहम्मद वासिमलाई बोल्ड गरेपछि यूएई सुरुआत देखि नै दबिएर खेलेको थियो। वृत्या अर्भिन्दलाई १८ रनमा आउट गरेपछि नेपालले खेल पूर्णरुपमा नियन्त्रणमा लिएको थियो। अर्का ओपनर आसिफ खानको ७२ रनमा यूएईले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो।

आसिफले ९९ बल खेली ५ चौका प्रहार गरे। अर्भिन्द र आसिफलाई सन्दीप लामिछानेले आउट गरे। कप्तान सीपी रिजवानले २२ रन बनाए। आरिफ शेखले अलिशान सराफुलाई २ रनमा बोल्ड गरे।

रोहन मुस्ताफा र आर्यन लकराले छैटौं विकेटमा ५८ रनको साझेदारी गरे। सन्दीपले ४९ औं ओभरमा लकरालाई राउन्ड द लेग बोल्ड गरि यो साझेदारी तोडेका थिए। लकराले ३६ बल खेलि १ चौका प्रहार गरि ३८ रन बनाए। मुस्ताफा ५२ रन बनाई अविजित रहे। उनले ७६ बल खेली २ चौका प्रहार गरे।

अन्तिम ओभरमा जुनाइद सिद्धिकी र कार्तिके मेइयापन रन आउट भए। सन्दीपले ३ विकेट लिनेक्रममा १० ओभरमा २७ रन खर्चे। करण, कुशल मल्ल र आरिफले १–१ विकेट लिए।

नेपालले लिग २ मा पछिल्ला सबै ५ खेल जितेको छ। यूएईले पछिल्ला ५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ मा पराजय बेहोरेको थियो। कमजोर मानिएको पपुव न्यु गिनीविरुद्ध यूएई सोमबार १ सय ३१ रनले पराजित भएको थियो। त्यही पपुवा न्यु गिनीलाई आइतबार नेपालले ४ विकेटले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार