नेपालमा पहिलोपटक खाना निल्ने नलीको प्रेसर नाप्ने उपकरण सञ्चालनमा

0
31
नेपालमा पहिलोपटक

काठमाडौं– चैत्र ९, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले खाना निल्ने नलीको प्रेसर नाप्ने इसोफजियल म्यानोमेट्री नयाँ उपकरण नेपालमा पहिलोपटक वीर अस्पतालले चैत महिनाबाट सञ्चालनमा ल्याएको छ।

मुटुको दुखाई जस्तो हुने र छाती कस्सिएर दुख्ने भएपछि धेरैजना मुटुको डाक्टरकोमा पुग्ने गरेका छन् तर जाँच गर्दा मुटुमा समस्या नदेखिएपछि बिरामीहरु भौतारिने गरेका छन् । यो प्रविधिले खाना नलीको समस्याका कारण हुने यस्तो दुखाई पत्ता लगाउनेछ।

‘यस्तो समस्या खाना नलीको प्रेसर र एसिडका कारण पनि हुनसक्छ,’ पेटरोग विशेषज्ञ समेत रहेका अस्पतालका निर्देशक डा भूपेन्द्र कुमार बस्नेतले भने,  ‘यो प्रविधिले खाना निल्ने नलिको प्रेसर नाप्न र एसिडको मात्रा पत्ता लगाउन सघाउनेछ । जसले गर्दा मुटुको समस्या कारण वा अन्य कारणले छाति र मुटुको दुखाइ महशुस भएको हो थाहा हुनेछ ।’

हालसम्म नेपालमा यस्तो समस्या पत्ता लगाउने उपकरण नभएकाले धेरैले सास्ती खेप्नु परेको उनले बताए । ‘थुप्रै मान्छेहरु यस्तो समस्याका लागि पनि मुटुको डाक्टरकोमा जान्छन् तर त्यो ज्याक ह्यामर र डिईएस भन्ने पत्ता नलागेर मान्छहरु दुःख पाइरहेका हुन्छन् ।

यही समस्या समाधानका लागि वीर अस्पतालले एसोफेजियल म्यानोमेट्री सञ्चालनमा ल्याएको हो,’ बस्नेतले भने ।

नयाँ प्रविधि भएकाले तालिम लिएर मात्रै सेवा सुरु गरिएको हो । ६ जना बिरामीको यसबाट समस्या पत्ता लगाइसकिएको अस्पतालले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here