डिपिएल को रोमाञ्चक खेलमा अत्तरीया बिरूद्ध काठमाण्डौको जित

0
32

चैत्र २१ , डिपिएल को रोमाञ्चक खेलमा अत्तरीया बिरूद्ध काठमाण्डौको जितः धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को लिग चरण को पाचौं दिनको दोस्रो खेल मा सिवाइसी अत्तरियालार्इ आज काठमाडौ ले रोमाञ्चक खेलमा ११ रनले पराजित गरेको छ ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाइसी अत्तरिया निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनमा समेटिदा नतिजा काठमाडौ को पक्षमा मा गयो । आज रोमाञ्च ले भरीपुर्ण खेल मा अन्तिम का दुई अोभरमा सिवाइसीलार्इ जितका लागि १८ रन बाँकी रहेका बेला १९ अौं अोभर बलिङ गर्न अाएका सुबोध कुमार भाटीले उत्कृष्ट बलिङ गरे । उनले उक्त ओवर मा मेडन ओवर गर्दै सो कमलसिंह एेरीको विकेट लिएपछि अत्तरिया काठमाण्डौ सगँ झुक्न बाध्य बन्यो यो नै अन्तिम मा खेलको टर्निग पोईन्ट बन्न पुग्यो ।

यसपछि अन्तिम ओवर मा अत्तरिया का लागि १८ रन आबस्यक थियो । मैदान अत्तरियाका लागि कप्तान सुवास खकुरेल र विपिन चन्द्राले को जोडि रहेको थियो । र बलिङ तर्फ रासिद खान उनले सुरुका २ बल डट फाले तेस्रो बल मा छ्क्का खाएका रासिद ले पुन राम्रो कम ब्याक गर्न पुग्दा अन्तिम दुर्इ बलमा अत्तरियालार्इ जितका लागि १२ रन अावश्यक भयो। तर, रसिद खानले फालेको सो अोभरको पाचाैं र छैटाै‌ बल डट फालेपछि खेल काठमाण्डौको पक्षमा आएको थियो । यस्तै गौरव चितकाराले ३६ रन बनाउदा विपिन चन्द्रा २६ रनमा नटअाउट रहे। यस्तै सन्दीप जोराले २१, शुभांकर उरावले १२ रन जोडे पनि टिम का लागि त्यो प्रयाप्त हुन सकेन ।

एसएसपि क्रीकेट मैदान मा आज टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ गोल्डेन्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । आज काठमाडौ ले सुरुवात भने खराब गरेको थियो । सुरुवाति अबस्थामा ४७ रन बनाउँदा ३ विकेट गुमाईसकेको स्थिती मा आफू लाई जेनतन सम्मानजनक स्थिती मा पुर्याएको थियो । जसमा काठमाडौ का सुरुवाती खेलाडी अमित श्रेष्ठ र सुबोध भाटी सस्तैमा आउट भए । त्यसपछि नरेश बुढाऐर पनि २७ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा ४ विकेट गुमाई सकेको थियो ।

काठमाडौका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रनको योगदान गरे । जारी प्रतियोगितामा उनको यो पहिलो अर्धसतक हो । यस्तै रासिद खानले १६ रन को योगदान दिदा अन्य ब्याटसम्यान ले उल्लेख्य योगदान आज गर्न सकेक्दा काठमाडौ ले मध्यम स्कोर मा चित्त बुझाउन बाध्य भएको थियो ।

अत्तरियाका शिभांकर उराँवले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चे। यस्तै कृष्ण कार्की र विपिन चन्द्राले २–२ विकेट लिए।

यो जित सगै काठमाडौ को यो लगातार तेस्रो जित हो । लगातार ३ खेल बाट ६ अंक सहित अंक तालिका को सिर्ष स्थान मा उक्लिएको छ र प्ले अफ को ढोका लगभग खोलिसकेको छ । भने अत्तेरिया ३ खेल बाट १ खेल मा जित निकाल्दै २ अंक सहित तालिका को तेस्रो स्थान मा रहेको छ ।

अब भोलि प्रतियोगिता को छैठौ दिन मा पहिलो खेल धनगढि र बिराटनगर बिच हुनेछ भने दोस्रो खेल मा रुपन्देही र महेन्द्रनगर बिच हुनेछ

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here