यो गर्मी मा कृत्रिम जुस नखानुस यसरी घरमै बनाउनुस खरबुजाको जुस

0
92
गर्मी

गर्मी बाट तुरुन्‍त राहत पाउनका लागि खरबुजाको सर्वत राम्रो मानिन्‍छ।खरबुजामा म्याग्नेसियम, सोडियम, फस्पोरस, पोटासियम, क्याल्सियम, आइरन, भिटामिन बी तथा ई पाइन्छ । यसको सेवनले शरीरमा भिटामिनको कमि हुन दिँदैन।

खरबुजाले तौल घटाउनुका साथै मृगौलाको समस्या हटाउनमा सहयोग पुर्‍याउँछ । त्यसैले गर्मी मौसममा खरबुजाको बिक्री धेरै हुनेगर्छ । यसको बाहिरको बोक्रा निकालेर भित्री भागलाई खाने गरिन्छ।

खुरबुजाबाट सर्वत बनाउन सकिन्छ।सर्वत बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन । बनाउने विधि पनि सजिलो छ।पहिलो कुरा कतिजनाको लागि सर्वत बनाउने हो सो कुरामा ध्यान दिनुपर्छ । त्यसपछि त्यहीअनुसार खर्बुजा र सर्वतलाई आवश्यक पर्ने सामग्री तयार पार्नुपर्छ।

सर्वतका लागि आवश्‍यक सामग्री

– एउटा खरबुजा

– एक चम्चा कागतीको रस

– दुई चम्चा चिनी

– ४,५ टुक्रा वरफ

विधि
सबैभन्दा पहिले खरबुजालाई ताछेर सफा गर्नुपर्छ । भित्री भागमा भएको बिउलाई निकालेर बाँकी भागलाई सानो सानो टुक्रा पारी मिक्सरमा राख्‍नुपर्छ । त्‍यसमा तयार पारिएको चिनी र कागतीको रस राख्‍नुपर्छ । त्यसपछि मिक्सरमा पिस्नुपर्छ । यसरी तयार पारिएको सर्वत छानेर गिलासमा राख्‍नुपर्छ । अन्‍तमा सर्वत पिउनै लाग्दा त्यसमा आइसको दुई तीन टुक्रा राख्‍नुपर्छ । यसरी तयारी पारिएकाे सर्वत पिउँदा गर्मीबाट तुरुन्तै राहत मिल्छ

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here