काठमाण्डौ चिन अब अझै नजिक आखीर के गरे ओली ले खुल्यो केरूङ नाका

0
45
केरूङ नाका

काठमाण्डौ चिन अब अझै नजिक आखीर के गरे ओली ले खुल्यो केरूङ नाका : साढे २ वर्षअघि भारतीय नाकाबन्दीका बेला केही थान ट्यांकर चिनियाँ अनुदानको पेट्रोल बोकेर रसुवागढी हुँदै नेपाल छिरे।

धुन्चेभन्दा अघि आउँदा ती ट्यांकरले राम्चेमा ठूलो पहिरो छिचोले। ३५भन्दा बढी घुम्ती र ठाउँठाउँमा आउने पहिरोले ट्यांकर फेरि उकालो चढ्न गएनन्।

त्यही बेला घुम्ती र पहिरो छिचोल्नु पर्ने सडकको विकल्पमा त्रिशुलीको किनारैकिनार बाटो बनाउने काम ओली सरकारको पालामा नेपाली सेनालाई जिम्मा दिने निर्णय भयो।

अब फेरी उनै ओली प्रधानमन्त्री भएको बेलामा उकालो र घुम्तीहरू पार नगरीकनै चीन पुग्न सकिने भएको छ। काठमाडौंलाई चिनियाँ नाकासँग जोड्ने सबैभन्दा छोटो बाटोको ट्रयाक खुलेको छ।

नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याप्रुवेशी सडकको ट्रयाक खोलेको हो। १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ।

मैलुङ–स्याप्रुवेशी सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार दुई हप्तापछि सो बाटो सडक विभागलाई हस्तान्तरण गरिनेछ।

‘डबल लेनको ट्रयाक खोलेर शुक्रबार गाडी चलाएका छौं, अब वाल लगाउने र ग्रेड कटिङ गर्ने काम बाँकी छ,’ केसीले भने, ‘त्यो सबै काम सकेर दुई हप्तापछि सडक विभागलाई दिन्छौं।’

बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन मिल्नेगरी ट्रयाक तयार भएको केसीले बताए।

पासाङल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे –स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरोध हुने गर्छ।

नयाँ बनेको बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडक ३१ किलोमिटरको छ।

त्रिशुलीको किनारैकिनार जाने बेत्रावती– मैलुङ–स्याप्रुवेशी खण्डमा ठूला घुम्ती छैनन।

सडक स्यापु्रवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ।
मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ।

सडक विभागले सेनाले बाटो जिम्मा दिएको दिनदेखि नै जति सक्यो छिटो सडकमा गाडी कुदाउने गरी काम भइरहेको जनाएको छ।
गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याप्रुवेशी–रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध देवकोटाले सेनाले ट्रयाक खोलेको बाटोको सर्भे र डिपिआरको काम भइरहेको बताए।

‘सर्भेको काम लगभग सकिएको छ, वैशाख तेस्रो साता डिपिआर तयार हुन्छ,’ देवकोटाले भने, ‘डिपिआरमा तत्काल गाडी चलाउन हुन्छ भन्ने आयो भने गाडी चलाइहाल्छौं, केही स्तरोन्नति गर्नु पर्ने भए छिटै गर्छौं।’

देवकोटाले २ वर्षभित्र मैलुङ–स्याप्रुवेशी सडक कालोपत्रे गरीसक्ने विभागको योजना रहेको बताए।

विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ।

गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ।

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो चीन सरकारले दुई लेन बनाएर कालोपत्रे गर्ने सम्झौता भइसकेको छ।

‘एउटा चिनियाँ टोलीले प्रारम्भिक सर्भे गरेर गएको छ भने अर्को टोली माटोलगायतको विस्तृत सर्भे गर्न अहिले पनि फिल्डमै छ,’ देवकोटाले भने।
यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडकमात्र होइन नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हो।

रसुवागढी–गल्छी–मुग्लिन–भरतपुर हुँदै यो बाटोको चितवन ठोरीमा भारतीय नाकासँग जोडिन्छ।

गत भदौमा नेपाल र चीनले रसुवागढी–केरूङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन्।

रसुवागढी–केरूङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो। यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सक्थे। अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण भएसँगै रसुवागढी–केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन्।

चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक लगायत पूर्वाधार तयार पारिसकेको भए पनि नेपाली पक्षले गर्नुपर्ने धेरै काम बाँकी छन्।

तस्विर नेपाली सेना

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here