नेवारी संस्कृतिको महत्व बुझाउन नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम हुने ।

0
134
साँस्कृतिक

नयाँ वर्ष २०७५ को उपलक्ष्यमा किलागल टोल सुधार समिति तथा रेट्रो मेडिया प्रा.लि.ले यही बैशाख १ गते ईटुंबहाल, किलागलमा  Living City Vol:I Itumbahal Festival (साँस्कृतिक तथा साङ्गितिक कार्यक्रम ) आयोजना गर्न गइरहेको छ।

नेवारी संस्कृतिको सौन्दर्य, जीवनशैली र महत्त्व झल्किने यो कार्यक्रममा यहाँको सम्पदा ( मठमन्दिर तथा विहारहरु)को महत्व र यसलाइ किन हामीले उजागर गर्नुपर्छ भन्ने कुरा बुझाउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको अभिषेक कर्माचार्यले हलकारा न्युजलाइ बताउनु भयो ।

कार्यक्रमको निम्न आकर्षणहरु रहने छन :

१.विभिन्न साङ्गितिक समूह तथा नृत्य समुहहरुद्वारा साङ्गितिक प्रस्तुती,नृत्य प्रदर्सन तथा वाद्यवादन।

२.भुकम्प बाट क्षतिग्रस्त कलात्मक काष्ठकला सहितको झ्यालहरुको प्रदर्शनी।

३. नेवारी कला,संस्कृती,सङ्गीत,नाच,तथा खाना परिकारहरुको बृहत् प्रदर्शनी।

४. विभिन्न प्रकारका कलात्मक पेन्टिङ,फोटो तथा भिडियो प्रदर्शनी।

५. भुकम्पका समय अपनाउन सकिने सुरक्षात्मक अभ्यासका बारेमा कार्याशाला संचालन।

६. विभिन्न घरेलु उत्पादनहरुको प्रदर्शनी।

यसै कार्यक्रम सम्बन्धी बृहत जानकारी प्रदान गर्नकाे लागि आज  केशचन्द्र महाबिहार, ईटुंबहालमा पत्रकार सम्मेलनको याेजना गरीएकाे छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here