डण्डीफोरले सतायो ? यस्तो उपाय गर्नुस सँधैलाइ छुटकारा मिल्नेछ ।

0
125

 

डण्डीफोरले सतायो ? यस्तो उपाय गर्नुस सँधैलाइ छुटकारा मिल्नेछः गर्मी बढ्ने क्रम जारी छ । यस्तो मौसममा धुलो–धुँवा र प्रदुषणले निकै सताउने पनि गर्दछ ।

त्यति मात्र होइन, गर्मीका कारण अनुहारमा डण्डीफोर पनि आउने गर्छ । जसले गर्दा अनुहारको सुन्दरता समेत बिग्रिन्छ । शरीरमा आवश्यक भिटामीन र पौष्टिक तत्वको कमिले पनि अनुहारमा डण्डीफोर आउने समस्या हुनसक्छ । हुनतः डण्डीफोर आउनु नराम्रो कुरा होइन । शरीरभित्र रहेको विषाक्त पदार्थहरु निस्किने माध्यमको रुपमा डण्डीफोरलाई मानिन्छ । तर पनि यदि डण्डीफोरको समस्याले हैरान हुनुहुन्छ भने केही घरेलु उपाय अपनाएर छुट्कारा पाउन सकिन्छ । डण्डीफोरको समस्याबाट बच्न यी खानेकुरामा ध्यान पुर्याउन जरुरी छ ।

गाजर
खानामा नियमित गाँजरको प्रयोग गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । दैनिक रुपमा १/२ वटा गाँजर खाजाको रुपमा खाने गर्नुपर्छ । गाँजरमा प्रशस्त मात्रामा ‘भिटामीन ए ’ पाइने भएकाले डण्डीफोरबाट बच्न मद्दत पुग्छ ।

माछा
डण्डीफोरबाट बच्नका लागि माछा खानुलाई निकै लाभदायक मानिन्छ । विशेष गरी ‘सामन माछा’ लाई स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मनस्थितीका लागि निकै महत्वपूर्ण मानिन्छ । यस माछामा पाइने एक प्रकारको प्रोटिनले छालालाई रक्षा गर्ने गर्दछ । हार्मोनको उत्पादनमा वृद्धि गराई डण्डीफोरसँग लड्न सक्ने सेतो रक्तकोषको क्षमतामा सुधार ल्याउने गर्दछ ।

बेसार
विहानको समयमा १ गिलास दहीमा १ चिम्टि बेसार घोलेर खाने गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । अथवा १ गिलास पानीमा थोरै बेसार राखेर उमालेर पिउने गर्नाले पनि अनुहारमा चमक ल्याउन मद्दत पुग्छ । बेसारको प्रयोगले शरीरमा रहेका विषाक्त पदार्थहरु हटाउनुका साथै ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्याबाट छुट्कारा पाइन्छ । बेसारले डण्डीफोरलाई असर गर्ने ब्याक्टेरियालाई समेत नष्ट गर्ने काम गर्दछ ।

तोरीको हरियो साग र मुला
हरियो सागपातमा प्रशस्तै मात्रामा क्लोरोफील तत्व पाइन्छ । जसले छालाको भित्री तहमा भएका ब्याक्टेरियालाई दिशाको माध्यमबाट निकाल्न मद्दत पुग्छ । विशेष गरी मुला र तोरीको सागले रगतलाई पनि सफा गर्ने काम गर्दछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here