प्रदेश नं. ६ का मुख्यमन्त्रीले दिए प्रधानमन्त्रीलाई रारा भ्रमण को निम्तो

0
41
रारा भ्रमण

३ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५ को उदघाटनका लागि रारा भ्रमण मा आउन औपचारिक निम्तो दिएका छन् ।

मुख्यमन्त्री शाहीले बिहीबार बेलुका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसंगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाटनका लागि आफू रारा आउने प्रतिबद्धता जनाएका छन् । भेटघाटका क्रममा पर्यटन वर्षको उदघाटनसँगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पाताल झरनाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पर्यटन वर्ष उदघाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्तो दिएका छन् ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन पबवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णाली प्रदेश पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको प्रदेश हो ।

अन्य रमाइला नेपालका ठाउँहरू

तिलिचो विश्वकै सबैभन्दा उचाइमा रहेको ताल

काठमाण्डौ घुम्दा छुटाउनै नहुने ठाँउहरू

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here