रूपा गाउँ पालिकाको छलाङ स्मार्ट शहर पहिले की स्मार्ट गाउँ ?

0
46
स्मार्ट शहर

हलकारा, पोखरा बैशाख ४,  रूपा गाउँ पालिकाको छलाङ स्मार्ट शहर पहिले की स्मार्ट गाउँ ?  पोखरा महानगर स्मार्ट बन्ला वा नबन्ला त्यो भबिष्यको गर्भ मै रह्यो । हुनत पोखराका मेयर मान बहादुर जीसी ले स्मार्ट नाम बेचेर नै मेयर पद विजय गरे । छाडा गाइ, अनियमित बिद्युत आपुर्ति, रित्तो दमकल लगायतले बेला बेलामा गीज्याउदै गर्दा रूपा गाँउपालिका भने स्मार्ट बन्ने तरखरमा छ ।

जोशीला तथा प्रबिधि मैत्री युवा गाउँ पालिका अध्यक्ष नवराज अोझा रुपा गाउँपालिकालाई व्यवस्थित स्मार्ट भिलेज वनाउन लागि परेका छन । डिजिटल village profile (वस्तुगत विवरण, पारिवारिक GPS नक्सा,घरमुलिको फोटो सहित )को लागि विवरण संकलन गर्न सर्वेक्षणकहरु सवै वडाका घर घरमा पठाइएको उहाँले बताउनु भयो ।

गाउँ पालिकाले यसबाट प्राप्त सुचना तथा तथ्यांकको अाधारमा पानी,विजुली,वाटो,नाला व्यवस्थापन,व्यवस्थित जग्गा वस्ती योजना ,व्यवसायीक कृषि पशु,रोजगारी ,शिक्षा ,स्वास्थ ,संचार,पर्यटन लगायतको अावधिक योजना बनाइने लक्ष रहेको छ । घर ,टोल, वडा, गाउँपालिकाका जनताले पाउने सेवा सुविधा समेतको गुरु योजना वनाईने अध्यक्ष नवराज ओझाले हलकारा न्युजलाइ बताउनु भयो । “मेरो अाग्रह छ  रुपा गा .पा.मा वसोवास गर्नुहुने तथा वसाइसराई नलगी गा.पा. बाहिर वस्नुहुने सवैलाई अाफ्नो घर जग्गाको विवरण समावेश गराई अधिकारको सुनिश्चित गर्नुभई सहयोग गरी दिनुस ।”

डाटा दिने बेलमा केही समस्या भएमा वडा कार्यलय तथा गा.पा. कार्यलयमा एवं जनप्रतिनिधिहरु संग संपर्क गर्नुहुन गाउँपालिका कार्यालयले अनुरोध गरेको छ भने जनप्रतिनिधिहरू सहयोगका लागि तप्तर हरेका छन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here