विद्यार्थी का लागि टुर प्याकेज आन्तरीक पर्यटकका लागि

0
29
विद्यार्थी का लागि टुर

विद्यार्थी का लागि टुर प्याकेज आन्तरीक पर्यटकका लागि

समयः ६ रात ७ दिन

खर्चः १३ हजार ५ सय एक जनाका लागि

पहिलो दिनः यो टुरमा बिहान काठमाडौंबाट धादिङको घुमाउरो बाटो काटेर गोरखा पुगिन्छ । गोरखामा १ सय वर्षको इतिहास बोकेको गोरखा दरबार घुम्ने अवसर प्राप्त गर्न सकिन्छ । यो ऐतिहासिक दरबार राजा पृथ्वीनारायण शाहको पालाको हो । यहाँबाट तनहुँको बन्दिपुरमा १ रात बिताएपछि दोस्रो दिनको यात्रा प्रारम्भ हुन्छ ।

दोस्रो दिनः यो दिनको सुरुवात प्राचीन सभ्यता र संस्कृति बोकेको सुन्दर बन्दिपुरबाट आरम्भ हुन्छ । बन्दिपुर गण्डकी अञ्चलको सुन्दर पहाडी सहर हो । यहाँबाट घाँसी कुवा हेर्दै पर्यटकीय महत्व बोकेको सुन्दर नगरी पोखरा पुगिन्छ । घाँसी कुवा आदिकवि भानुभक्त आचार्यको जीवनसँग सम्बन्धित ऐतिहासिक ठाउँ हो । त्यसपछि सोही दिन पोखराको लेकसाइडमा बास बस्न पुगिन्छ । उक्त दिन पोखरामा लेकसाइडको नाइट सिन हेर्ने अवसर पनि प्राप्त हुन्छ ।

तेस्रो दिनः पोखराका केही रमणीय ठाउँ घुमेर सिरुबारी हुँदै स्याङ्जा पुगिन्छ । स्याङ्जा नेपालकै पहिलो होम स्टेका रूपमा परिचित छ । यहाँ गुरुङहरूको सांस्कृतिक कार्यक्रम तथा नाचगानमा सामेल भएर दिनभरको थकान मेटाउन सकिन्छ । त्यसैले त्यहाँ एक रात बिताउनु राम्रो हुन्छ । होम स्टेमा पाहुनाको आतिथ्य सत्कारले मन प्रफुल्ल हुन्छ ।

चौथो दिनः स्याङ्जाबाट पाल्पाको रानीमहल दरबार पुगिन्छ । रानीमहललाई नेपालको ताजमहल भनिन्छ । खोलाको किनारमा अवस्थित रानीमहल प्रेमको प्रतीक हो, यसलाई खड्ग समशेरले आपmनी रानीको सम्झनामा निर्माण गरेका हुन् । यहाँ एक रात खोलाकै बगरमा टेन्ट राखेर बस्न सकिन्छ ।

पाँचौं दिनः सुन्दर वातावरणमा रानीमहलको अवलोकनपछि शान्तिभूमि लुम्बिनीको यात्रा प्रारम्भ हुन्छ ।

छैठौं दिनः गौतम बुद्धको जन्मथलो लुम्बिनीको दर्शन गरेपछि चितवनको सौराहालाई गन्तव्य बनाइन्छ । बेलुकीपख सौराहामा पुगेर केही बेर आराम गरेपछि त्यहाँका आदिवासी थारू जातिको सांस्कृतिक कार्यक्रममा सामेल हुने अवसर प्राप्त हुन्छ । थारू संस्कृतिको अवलोकन गर्दै उनीहरूसँग नाचगान कार्यक्रममा सहभागी हुन सकिन्छ ।

सातौं दिनः यो यात्राको अन्तिम दिन हो । चितवन राष्ट्रिय निकुञ्जभित्र तथा आसपासका कार्यक्रम सकेर काठमाडांै फिर्ता हुने कार्यक्रम हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी अथवा जिप सफारी गर्न सकिन्छ । हात्तीमा बसेर होस् अथवा जिपमै किन नहोस् जङ्गल घुम्नुको अनुभव अविस्मरणीय हुन्छ । जङ्गलमा गैंडा, जरायो, खरायो, बँदेल, बाघ आदि जनावर अवलोकन गर्न सकिन्छ । त्यसपछि केही बेर आराम गरेर प्राकृतिक सुन्दरता अवलोकन गर्दैर् काठमाडौं र्फकने यात्रा प्रारम्भ हुन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here