समाचार

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यको आग्रह



काठमाडौँ । वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको अनुचित प्रयोगप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्न, देश जलाउन, तथा मत माग्न जस्ता कार्यहरूलाई अनुचित भन्दै त्यसलाई तुरुन्त रोक्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनको स्टाटसमा भनिएको छ, “राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थालेको छ। राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्न, राष्ट्रिय झण्डा ओढेर देश जलाउन, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य वर्जित छन्। तत्काल बन्द हुनुपर्छ। राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ होइन। यसतर्फ सबैको निकटतम ध्यान जाओस्।”

आचार्यले राष्ट्रिय झण्डाको महत्त्व र त्यसको सम्मानको पक्षमा प्रष्ट धारणा राख्दै यसलाई राजनीतिक वा कुनै पनि प्रकारको व्यक्तिगत फाइदाका लागि प्रयोग नगर्न आग्रह गरेका छन्।

प्रकाशित : १० माघ २०८२, शनिबार, ,