संकट र सम्भावनाको दोबाटोमा देश

नेपाल अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सामाजिक असन्तोषको त्रिवेणीमा उभिएको छ। संविधान लागू भएको दशक बितिसक्दा पनि राज्यले स्थायित्व र सुशासनको दिशा पकड्न सकेको छैन। एकातिर भ्रष्टाचार, बेथिति र बेरोजगारीको दुष्चक्रले नागरिकलाई निराश बनाएको छ भने अर्कोतिर युवा पुस्तामा विद्रोही चेतना जागिरहेको छ। यो अन्तर्विरोधको जड नेपालको अर्थ-राजनीतिमा खोज्न आवश्यक छ। राजनीतिक अनिश्चितता र…