काठमाडौँ, चैत २७ । प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्लले संसदमा प्रतिपक्ष भए पनि गणतान्त्रिक व्यवस्थाको निम्ति सत्ता पक्ष भएको बताएका छन्। उपसभामुखको निर्वाचनका क्रममा आज संसद बैठकलाई सम्बोधन गर्दै मल्लले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको लागि सधैँ सत्ता पक्ष भएको बताएका हुन्। मानव जातिको हितका लागि अघि सारिएका विचारहरु आयातीत नहुने भन्दै मल्लले…